तीन पार्टीलाई आयोगको पत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं,१ फागुन । निर्वाचन आयोगले तीनवटा राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको नामवाली सच्याउन पत्र काटेको छ ।

आयोगले समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त डा‍‍. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको छ ।

आयोगले बन्दसूचीका उम्मेदवारमध्ये निर्वाचित गर्न नाम सिफारिस गरेका तर प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट नभएकाले आयोगले फागुन २ गते पाँचबजेभित्र नामावली सच्याएर पेश गर्न कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई पत्राचार गर्ने निर्णय गरेको हो । खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);