डिनमा अग्रवालले पाए निरन्तरता | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

डिनमा अग्रवालले पाए निरन्तरता

dean office

काठमाडौं,१ फागुन । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डिनमा प्रा .डा जगदीश अग्रवालले एक महिनापछि निरन्तरता पाएका छन् ।

सर्वोच्च अदालतले अग्रवालको नियुक्ति कानुनसम्मत ठहर गरे पनि विश्वविद्यालयले फैसलाको पूर्ण पाठ नआएको भन्दै आनाकानी गर्दा आईओएम डिनविहीन थियो । महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चको संक्षिप्त आदेशको व्याख्या गर्दै डा. अग्रवाललाई निरन्तरता दिँदा कानुनसम्मत हुने राय आइतबार दिएपछि अग्रवाललाई डिन नियुक्तिका लागि मार्गप्रशस्त भएको हो ।

डिन नियुक्ति विवादमा समाधान खोज्न शिक्षा मन्त्रालय र त्रिविले महान्यायाधिवक्तासँग राय मागेको थियो । ‘अग्रवालजीलाई पहिलादेखिकै हुने गरी डिन पदमा निरन्तरता दिइयो। सोमबार नै पत्र लिएर गइसक्नुभयो’, त्रिवि उपकुलपति तीर्थ खनियाँले भने। गत वर्षको कात्तिक १८ मा डिन नियुक्ति भएका डा.अग्रवालको नियुक्तिलाई गैरकानुनी भन्ने आधार पुष्टि नभएको सर्वोच्चको आदेशमा उल्लेख छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पछिल्लो समाचार

ताजा समाचार