कैदीबन्दीबीच भएको झडपमा ज्यान गुमाएका चौधरीको शव परिवारले बुझ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

कैदीबन्दीबीच भएको झडपमा ज्यान गुमाएका चौधरीको शव परिवारले बुझ्यो

काठमाडौँ ।
कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा गएको शुक्रवार ज्यान गुमाएका ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् ।ज्यान गुमाएकाको परिवारले राखेका माग सुनुवाइ गर्न प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि परिवारले शव उठाएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

ज्यान गुमाएकाको बच्चालाई निःशुल्क पढाउनुपर्ने मागबारे प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा कुरा गर्ने भनेपछि सहमति भएको हो ।दोषीमाथि कारबाही गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित ज्यान गुमाएका चौधरीका परिवारले हिजो बिहानसम्म शव बुझ्न मानेका थिएनन् ।सुदूरपश्चिम प्रदेश सरकारले ज्यान गुमाएका चौधरीका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

कैदीबन्दीबीच बन्दीगृहमा गएको शुक्रवार राति भएको झडपपछि घाइते भएका चौधरीको उपचारका क्रममा ज्यान गएको थियो ।घटनामा घाइते भएका अरु ४५ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते कर्ण सलामीमगर र आयुस भट्टको काठमाण्डौमा उपचार भइरहेको छ ।

धनगढीमा उपचाररत अर्का घाइते कल्पेस विष्टलाई थप उपचारका लागि हिजो काठमाण्डौ सिफारिश गरिएको कारागारले जनाएको छ यसैबीच क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी रहेको कैलाली कारागारलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल सुधार गर्ने भएको छ ।घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
कारागारको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यलय कैलालीले जनाएको छ

Leave a Reply