आमहड्तालका कारण देशभरका शैक्षिक संस्थाहरु ठप्प | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

आमहड्तालका कारण देशभरका शैक्षिक संस्थाहरु ठप्प

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले गरेको शैक्षिक हड्तालका कारण शुक्रबार शैक्षिक संस्थाहरु बन्द भएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने, विद्यालय शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका माग राखेर शुक्रबार शैक्षिक हड्ताल गरेको हो ।

अखिल क्रान्तिकारीले ५४ वर्ष पुरानो पञ्चायती शिक्षा ऐनले शिक्षाको व्यापारीकरणलाई बढावा दिएको, आमनागरिकलाई निःशुल्क, समान र वैज्ञानिक शिक्षाबाट वञ्चित गरेको आरोप लगाएको छ । उनीहरूले संविधानले प्रत्याभूत मौलिक हक कार्यान्वयन गर्ने नयाँ जनपक्षीय शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब दिएका छन् ।

शैक्षिक हड्ताललार्ई अखिल नेपाल शिक्षक संगठनलेसमेत एक्यबद्धता जनाएको छ ।

Leave a Reply