दक्ष जनशक्तिको अभाव रहेको श्रममन्त्री भण्डारीको गुुनासो | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

दक्ष जनशक्तिको अभाव रहेको श्रममन्त्री भण्डारीको गुुनासो

२०८१,१२,२९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मुलुकमा दक्ष जनशक्तिको अभाव रहेको गुनासो गर्नुभएको छ । नेपालमा रोजगारी प्रवद्र्धन र श्रम बजारलाई व्यवस्थित गर्ने उद्देश्यले स्वीस कन्ट्याक्टद्वारा सञ्चालित ‘स्टेटअफ’ परियोजनाको समीक्षा कार्यक्रममा उहाले चिन्ता व्यक्क्त गर्नुभएको हो । कार्यक्रममा मन्त्री भण्डारीले रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । रोजगारदाताहरुको आवश्यकता अनुसार दक्षता र सीप नभएका कारण चार लाख अदक्ष श्रमिक विदेश जान बाध्य हुुनुपरेको बताउनुु भयो ।
मन्त्री भण्डारीले रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धतिलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन सरकारले ध्यान दिने बताउनुभएको छ । हरेक नगरपालिकाले रोजगार सहायकको दरबन्दी सिर्जना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुुभयो ।

Leave a Reply