१ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन सक्दो प्रयास गरिएको बताउनुभएको छ । विहिबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले राजपा नेपाललाई निर्वाचनमा सहभागी गराउनकै लागि निर्वाचनको मिति पटक–पटक सार्नु परेको स्पष्ट पार्नुभयो ।
उहाँले देशमा सहज वातावरणमा निर्वाचन सम्पन्न गराउन आफूहरु प्रतिबद्ध रहेको समेत बताउनुभयो । राजनीतिक दलहरुले मधेशका जनतालाई निर्वाचनको आवश्यक्ताबारे बुझाउन नसकेको उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले निर्वाचनमा आउन राष्ट्रिय जनता पार्टीलाई पुनः आग्रह समेत गर्नुभएको छ ।




