यस्ता छन पुर्बी रुकुममा माओबादी केन्द्रका उम्मेदवारहरु | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

यस्ता छन पुर्बी रुकुममा माओबादी केन्द्रका उम्मेदवारहरु

मेगराज खड्का, १८ जेठ रुकुम ।
प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय निकाहरुको निर्बाचन सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने पुर्बी रुकुमका ३ स्थानीय तहमा भने चुनाबी चहलपहल शुरु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ स्थानीय तहमा सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि यसअघि जिल्लाका अन्य भागहरुमा केन्द्रित भएका दलहरु

यस्ता छन पुर्बी रुकुममा माओबादी केन्द्रका उम्मेदवारहरु

मेगराज खड्का, १८ जेठ रुकुम ।

प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय निकाहरुको निर्बाचन सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने पुर्बी रुकुमका ३ स्थानीय तहमा भने चुनाबी चहलपहल शुरु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ स्थानीय तहमा सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि यसअघि जिल्लाका अन्य भागहरुमा केन्द्रित भएका दलहरु पुनः निर्बाचनमा केन्द्रित भएका हुन । दोस्रो चरणको निर्बाचन सरकारले असार १४ गते गर्ने घोषणा भएकाले चुनाबी तयारीका लागि राजनीतिक दलहरु त्यसतर्फ केन्द्रित भएका हुन । ५ नम्बर प्रदेशमा पर्ने जिल्लाका पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका हुन ।

 

दोस्रो चरणको स्थानीय तह निर्बाचनका लागि पुर्बी रुकुमका चुनाबी प्रचारअभियान शुरु भैसकेको नेकपा माओबादी केन्द्र रुकुमका संयोजक गोपाल शर्माले बताए । जिल्ला निर्बाचन कार्यालय रुकुममा निर्बाचनका लागि १३ वटा राजनीतिक दल दर्ता भएपनि संसदमा प्रतिनिधित्व गर्ने नेपाली काग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित ९ वटा मात्र दल छन । दोस्रो चरणको निर्बाचनका लागि नेकपा माओबादी केन्द रुकुमले ३ स्थानीय तहका लागि यसअघि नै उम्मेदवारहरु घोषणा गरिसकेको छ । अन्य दलहरुले पनि दुई पार्टीहरुबिच तालमेल गरेर वा आआफ्नो पार्टीको तर्फबाट कसरी उम्मेदवारी घोषणा गर्ने भन्ने बिषयमा छलफलमा रहेका छन ।

यस्तो छन माओबादी केन्द्रका प्रमुख र उपप्रमुख ।

नेकपा माओबादी केन्द्र सिस्ने गाउँपालिका प्रमुख ः कुमारी बराल

उपप्रमुख ः गोवर्धन बुढा

भुमे गाउँपालिका प्रमुख ः रामसुर बुढा

उपप्रमुख ः मनकुमारी बुढा बिष्ट

पुथा उत्तरगंगा गाउँपालिका प्रमुख ः ओम प्रकाश घर्ति

उपप्रमुख ः ओम कुमारी मल्ल

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);