रोजर फेडेरर अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

रोजर फेडेरर अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश

मेलबर्न, १३ माघ । साबिक विजेता रोजर फेडेरर शुक्रबार अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । दक्षिण कोरियाका चुङ ह्युनले रिटायर्ड हुँदै बीचमै खेल छोडेपछि विश्व नम्बर २ स्विस खेलाडी फेडेररले उपाधि भिडन्त पक्का गरेका थिए ।

पहिलो सेट ६–१ ले जितेका फेडेररले दोस्र्रो सेटमा पनि ५–२ को अग्रता लिँदै खेलिरहेका थिए । तर दोस्रो सेटकै दौरान ह्युनले खुट्टाको समस्याका कारण बीचमै खेल छोडेपछि फेडेरर २०औं ग्रान्ड स्लामनजिक पुगेका हुन्। ह्युनले सर्बियाका नोभाक जोकोभिचलाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।अस्ट्रेलियन ओपनको सेमिफाइनल प्रवेश गर्ने पहिलो दक्षिण कोरियाली खेलाडी बनेका ह्युन प्रतियोगिताको २ खेलअघि पनि खुट्टाको उपचार गराएका थिए ।

फेडेरर अस्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेको यो सातौं पटक हो ।फेडेररले आइतबार हुने फाइनलमा विश्व नम्बर ३ मारिन किलिसको सामना गर्नेछन् ।किलिसले बिहीबार काइले एडमन्डलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।