एपी,७ फागुन । पपुवा न्यू गिनीमा आदिवासी हिंसामा ५३ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एपीले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
एबीसीको रिपोर्टअनुसार ती सबै मानिसहरु अम्बुस आक्रमणमा मारिएका हुन् । सबैलाई गोली हानी मारिएको थियो।
तर, यस विषयमा प्रहरीको तर्फबाट अहिलेसम्म कुनै पनि बयान आएको छैन । स्थानीय अखबार पोस्ट–कुरियरको रिपोर्टले हिंसा आइतवार भएको र दुई जनजातिहरू बीचको झगडासँग जोडिएको बताएको छ।
पपुवा न्यू गिनीमा सुरक्षा एक ठूलो मुद्दा हो। गत महिना देशमा भएका दंगामा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।