पोर्ट मोरेस्बी,२० वैशाख । पपुवा न्युगिनीमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जानकारी अनुसार पपुवा न्यू गिनीको पश्चिम–उत्तरपश्चिममा भूकम्प गएको हो ।
युरोपेली मेडिटेरेनियन सिस्मोलॉजिकल सेन्टरले बुधवार पपुवा न्यू गिनीको न्यू गिनी क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्प पपुवा न्यू गिनीको अम्बुन्टीबाट १६ किमी पश्चिम–उत्तरपश्चिममा थियो र अनुमानित ११२ किमी गहिराइमा उत्पन्न भएको थियो।
यद्यपी अहिलेसम्म जनधनको क्षतिको खबर भने आएको छैन ।




