इजिप्टको सलादिन सिटाडेलस्थित ऐतिहासिक टावरहरू खुला | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

इजिप्टको सलादिन सिटाडेलस्थित ऐतिहासिक टावरहरू खुला

एजेन्सी, ७ फागुन । इजिप्टको काइरोको सबैभन्दा प्रसिद्ध स्थलचिन्हहरू मध्ये एक, सलादिन सिटाडेलका दुई टावरहरू पुनःस्थापनापछि आईतवारबाट सर्वसाधारणहरुका लागि खुला गरिएको छ ।

इजिप्टका पर्यटन र पुरातात्विकमन्त्री अहमद इसाले उद्घाटन समारोहमा रमला र अल–हद्दाद टावरहरू र नयाँ खोलिएका अन्य आकर्षणहरूसँगै किल्लाको भ्रमणको समय एक घण्टाबाट तीन घण्टासम्म बढाइने बताउनु भयो ।

पुरातात्विकताको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजिरीले दुई टावरहरू किल्लाको यात्रा कार्यक्रममा थपिने र आगन्तुकहरूले किल्लाको प्रवेश टिकटको साथ पहुँच गर्नसक्ने बताउनु भयो । जीर्णोद्धारका काममा ढुङ्गा बदल्ने, ढुङ्गाको सिँढी र भुइँको मर्मतसम्भार, सुरक्षाका लागि पर्खाल निर्माण गर्ने र तीर्थस्थलको संरक्षण गर्नेलगायतका काम सम्पन्न भएको उहाँले बताउनु भयो । रमला टावर २०.८ मिटर अग्लो छ ।

अल–हद्दाद टावर किल्लाको सबैभन्दा ठूलो टावरहरूमध्ये एक हो । जुन ११७६ मा सालाह एल–दिनद्वारा निर्माण गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);