अमरगढी किल्लाको अस्तित्व नै मेटिने खतरा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

डडेल्धुरा, २५ असोज । डडेल्धुरा सदरमुकाम खलंगामा अवस्थित अमरगढी किल्लाका भौतिक संरचना जीर्ण बन्दै गएका छन् । इतिहासको साक्षीको रुपमा रहेका त्यस्ता धरोहर सरकारी बेवास्ताका कारण अलपत्र परेका हुन् ।

पुनर्निर्माण गर्ने नाममा अमरगढी किल्लाको ऐतिहासिक महत्व बोकेको भौतिक संरचनाको अस्तित्व नै मेटिने खतरामा पुगेको भन्दै स्थानीय चिन्तित बनेका छन् । मर्मत गर्दा ऐतिहासिक ढुंगाहरुमा सिमेन्ट प्रयोग भएकाले पुरानो संरचना बिग्रिएको स्थानीयको भनाइ छ ।

किल्लाभित्र रहेको पुरानो गुफा पनि भत्किने अवस्थामा छ भने अमरसिंह बस्ने गरेको ऐतिहासिक घर भत्किएकाले जस्ताको छाप्रो बनाइएको छ । किल्ला संरक्षणका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयले एक करोड ९५ लाख विनियोजित गरेकोे छ ।

तर, संरक्षणका लागि भइरहेको कामप्रति अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समिति पनि सन्तुष्ट छैन ।

किल्लाको संरक्षण गर्दै आएको अमरगढी नगरपालिकाले पनि पुनर्निर्माण गर्ने नाममा लापर्बाही भइरहेको जनाएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका यसै किल्लाको नामबाट २०५४ सालमा स्थापना भएको हो । स्थापनापश्चात २०५६ सालमा नगरपालिकाले किल्लालाई मातहतमा लिएको थियो । तर, अमरगढी नगरपालिकाले किल्लाको रेखदेखको जिम्मेवारी पाए पनि यसको उचित संरक्षण गर्न सकेको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);