वाम गठबन्धन प्रभाव : चितवन जिसस प्रमुखमा एमालेका कृष्णकुमार विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाण्डौँ, २५ असोज । चितवन जिल्ला समन्वय समितिको चुनावमा कांग्रेसका उम्मेदवारालाई हराउँदै नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार भरत अधिकारीलाई ८ मत अन्तरले पराजित गरेका हुन् ।

चितवन जिससको चुनावमा केन्द्रको तालमेल प्रभावकारी देखिएको छ । यहाँ एमाले उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गरेको थियो । एमालेका डल्लाकोटीले ११ र अधिकारीले ३ मत पाएका छन् ।

वाम गठबन्धन गर्दै पार्टी एकता गर्ने निर्णय गरेका एमाले र माओवादीले त्यसको प्रारम्भिक सुरुवात चितवन जिससबाट गरेका छन् ।

चितवन जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका, एक गाउँपालिकाका प्रमुख र उपप्रमुख जिससका मतदाता हुन् । चितवनका ७ स्थानीय तहका १४ पदमध्ये एमालेको ९, कांग्रेसको ३ र माओवादी केन्द्रको २ भोट थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);