कञ्चनपुर, २ माघ । कञ्चनपुरको भीमदत्तन गरपालिका–१८ कटानमा घरेलु हतियार प्रहारबाट एक जनाको हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भएका २८ वर्षीय राजु बोहराको घरेलु हतियार प्रहारबाट हत्या गरिएको हो ।
बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका चटकपुरकी ३० वर्षीया धर्मा बोहराले घरेलु हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । धर्मालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।




