म्यानचेस्टर युनाइटेडद्वारा स्टोक सिटी ३–०ले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

म्यानचेस्टर युनाइटेडद्वारा स्टोक सिटी ३–०ले पराजित

एजेन्सी, २ माघ । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  स्टोक सिटीमाथि ३–० को जित दर्ता गरेको छ । यस जितसँगै युनाइटेडले सिटीसँग अग्रस्थानमा दुरी १२ अंकले घटाएको छ ।

गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा एन्टोनिओ भ्यालेन्सिया, एन्थोनी मार्टिअल र रोमेलु लुकाकुले एक एक गोल गरे । भ्यालेन्सियाले खेलको नवौं मिनेटमा गोलको खाता खोलेकामा मार्टिअलले ३८ औं र लुकाकुले ७२ औं मिनेटमा गोल गरेर म्यानचेस्टर युनाइटेडलाई जित दिलाएका हुन् ।

खेलको नवौं मिनेटमा एन्टोनियो भ्यालेन्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै एन्थोनी मार्सियालले पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । दुवै गोल मिडफिल्डर पल पोग्बाले असिस्ट गरेका थिए । त्यस्तै दोस्रो हाफमा रोमेलु लुकाकुले थप एक गोल गर्दै युनाइटेडको सहज जित सुनिश्चित गरेका हुन् ।

यस जितसँगै युनाइटेडले सिटीसँगको दुरी १२ अंकमा घटाएको छ । सिटी यसै साता लिभरपुलसँग पराजित भएको थियो । युनाइटेड ५० अंकसहित दोस्रो स्थानमा रहेको छ भने पराजित भएको स्टोक सिटी तालिकाको १८ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);