प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त

२८ चैत, काठमाडौं । सरकारले प्रहरी महानिरिक्षक पदमा प्रहरी नायब महानिरिक्षक प्रकाश अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा प्रहरी नायब महानिरिक्षक अर्याललाई महानिरिक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त

२८ चैत, काठमाडौं । सरकारले प्रहरी महानिरिक्षक पदमा प्रहरी नायब महानिरिक्षक प्रकाश अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा प्रहरी नायब महानिरिक्षक अर्याललाई महानिरिक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन मूल्यांकनका लागि समिति गठन गरेको थियो । गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी महानिरिक्षक सहितको चार सदस्यीय समिति गठन गरेको थियो । समितिले चार जना प्रहरी नायब महानिरिक्षकको चार वर्षको कार्यकालको मूल्यांकन गर्दै नम्बर निक्र्योल गरेको थियो ।

अर्यालले १ सय ५४ दशमलव २ नम्बर प्राप्त गर्नुभएको थियो भने नवराज सिलवालले १ सय ५२ दशमलव ४, बमबहादुर भण्डारीले १ सय ५० दशमलव २ र जयबहादुर चन्दले १ सय ४७ दशमलव ६ अंक प्राप्त गर्नुभएको थियो । सर्वोच्च अदालतको आदेश बमोजिम सबैभन्दा धेरै अंक प्राप्त गर्ने अर्याललाई प्रहरी महानिरिक्षक नियुक्त गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयक फिर्ता लिने निर्णय गरेको छ । यस्तै मधेसी मोर्चा लगायतका दलहरुसँगको छलफलका आधारमा पाँच बुँदे संविधान संशोधन विधेयक सरकारले संसदमा दर्ता गराउने निर्णय समेत गरेको छ । नागरिकता, भाषा लगायतका पुराना तीन वटा प्रस्ताव यथावत् राख्दै राष्ट्रिय सभामा प्रदेश सभाका सदस्यहरुको निर्वाचन रहने व्यवस्था गरिएको बताइएको छ ।

यस्तै धारा २७४ का केही उपाधाराहरु समेत संशोधन गर्ने प्रस्ताव गरिएको छ । यस्तै उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ बाट उठेका असन्तुष्टि सम्बोधन गर्न प्रस्ताव तयार पार्ने छ । समितिलाई तीन दिनको समय दिइएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);