महानगरले आजदेखि बिजुलीको पोलको तार हटाउने | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

महानगरले आजदेखि बिजुलीको पोलको तार हटाउने

काठमाडौं, २५ वैशाख । काठमाडौं महानगरपालिकाले आजदेखि बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने तयारी गरेको छ । शहरका पोलहरुमा झुण्डिएका तारहरु आजदेखि हटाउन थाल्ने महानगरले जनाएको छ ।

आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर,असन, कमलाक्षीसम्मको तार हटाउने छ । काठमाडौंका ११ क्षेत्रका तार हटाउने महानरको योजना छ । आजै सार्वजनिक सुचना जारी गर्ने र आजैबाट तार हटाउन थालिने जनाइएको छ ।

महानगरले गत बैशाख ११ गते सडक किनारामा भएका बिजुलीका पोलहरुमा छाडीएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिन्ह राख्न सूचना जारी गरेपनि सम्बन्धित निकायले खासै चासो दिएको देखिदैन । पछिल्लो समय महानगर शहरलाई सुन्दर र व्यवस्थित बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि क्रियाशील हुँदै आएको छ ।

तारको कारण काठमाडौं शहर भौतिकरुपमा अव्यवस्थित देखिएको छ भने आगलागीको जोखिम पनि बढाएका छन् । गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ ।

यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन महानगरले आग्रह गरेको धेरै भइसकेको छ । १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेको थियो । तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको महानगरले उल्लेख गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);