नेविसंघले विद्यार्थी आन्दोलनलाई परिष्कृत ढङ्गले अगाडी बढाउनुपर्छ : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

नेविसंघले विद्यार्थी आन्दोलनलाई परिष्कृत ढङ्गले अगाडी बढाउनुपर्छ : गगन थापा

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस लगायत देशभरिका अधिकांश क्याम्पसहरूमा नेपाल विद्यार्थी संघ विजयी भएकोमा बधाई दिएका छन् ।

निर्वाचित हुने सम्पूर्णलाई बधाई तथा शुुभकामना दिँदै थापाले विश्वासलाई कायम राख्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्,‘यो स्ववियु निर्वाचनले फेरी एक पटक नेविसंघलाई आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित गरेको छ। यो विश्वासलाई कायम राख्दै नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ र परिष्कृत ढङ्गले अगाडी बढाउनु पर्दछ।’

आम विद्यार्थीका मुद्दालाई सम्वोधन गर्न तथा स्ववियुको गरिमालाई उच्च बनाउन नवनिर्वाचित स्ववियु नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्ने पनि उनले विश्वास व्यक्त गरेका छन्।
महामन्त्री थापाले निर्वाचनको क्रममा के गर्छौँ र के गर्दैनौँ भनेर गरेका प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन गर्दै शैक्षिक तथा प्राज्ञिक उन्नयनको लागि काम गर्न नवनिर्वाचित टिमलाई आग्रह गरेका छन् ।

Leave a Reply

ताजा समाचार