सञ्चारमन्त्री शर्मा दुुईदिने भ्रमणका लागि भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सञ्चारमन्त्री शर्मा दुुईदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, ८ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मंगलबार साझ भारत प्रस्थान गरेकी छिन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारततर्फ लागेकी हुन् ।

मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम रहेको छ । मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरु सहभागी हुने मन्त्रीस्तरीय सम्वादमा सहभागी हुने कार्यक्रम छ ।

मन्त्री शर्माका साथ नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक बिमल आचार्य भारत भ्रमणमा गएका छन् । मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);