नेविसंघ भित्र किन भइरहेको छ लफडा ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

नेविसंघ भित्र किन भइरहेको छ लफडा !

nebisangh

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा केही समयदेखि विवाद चुलिएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गर्दै केही नेविसंघ भित्रैका केही विद्यार्थी अनसन समेत बसे ।

नेविसंघको त्रिभुुवन विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी तीनजनालाई दिइएको व्यहोराको पत्र सार्वजनिक भएसँगै अहिले फेरी अर्को लफडा सुरु भएको छ । तीन जनालाई अध्यक्षको जिम्मेवारी दिइएको केन्द्रीय अध्यक्ष शेर्पाको हस्ताक्षर रहेको पत्र नै सार्वजनिक भएको हो ।

विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षमा मनोनित गरिएकोे पत्र बारे शेर्पाले कुनैपनि आधिकारीक नभएको प्रतिक्रिया दिएका छन् । उनी केही दिनमा अध्यक्ष मनोनित गर्ने तयारीमा रहेका छन् । सुरुमा बडैलालाई मनोनित गरेका शेर्पाले पछि दिपक र गणेशलाई पनि मनोनित गरेको पत्र सार्वजनिक भएको हो ।

अध्यक्ष शेर्पाको कार्यशैलीमा प्रश्न उठाउँदै आएको समुहले उनको राजीनामा माग्दै आएको छ । केही दिन अघि नेविसंघ काठमाडौंले शेर्पाको राजीनामा माग गर्दै पत्रकार सम्मेलन नै गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);