स्ववियु चुनावमा होमियो नेविसंघ, निर्वाचन तयारी गर्न दुइटा समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

स्ववियु चुनावमा होमियो नेविसंघ, निर्वाचन तयारी गर्न दुइटा समिति गठन

काठमाडौं । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको चैत्र ५ गते हुने निर्वाचनको तयारी गर्न दुइटा समिति गठन गरेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी संयोजकमा पुजन गन्धर्व र प्रचारप्रसार समितिको संयोजकमा डा.सन्तोष उपाध्यायलाई मनोनित गरेका हुन् ।

नेविसंघले नव गठित समितिलाई आवश्यकताअनुसार उपसमिति गठन गर्न सक्ने अधिकार पनि दिएको छ । अध्यक्ष शेर्पाले स्ववियु चुनावमा शसक्त ढंगले सहभागी भई निर्वाचनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन समेत सम्पुर्ण देशभरका नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);