जुपिटर मिडियाको ‘डेस्टिनेशन अष्ट्रेलिया’को शुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जुपिटर मिडियाको ‘डेस्टिनेशन अष्ट्रेलिया’को शुरुवात

काठमाडौं, २८ पौष । जुपिटर मिडियाले राजधानीमा टेलिभिजन कार्यक्रम प्याकेज डेस्टिनेशन अष्ट्रेलियाको शुरुवात गरेको छ । काठमाडौँको एक होटलमा आयोजित कार्यक्रममार्फत प्याकेज डेस्टिनेशन अष्ट्रेलियाको शुरुवात गरेको हो ।

नेपालका लागि अस्ट्रेलियाली राजदुत फेलिसिटी भोल्क लगायत अन्य विभिन्न पेशामा आबद्ध व्यक्तिहरुकाबीच उक्त कार्यक्रमको शुरुवात गरिएको थियो। कार्यक्रममा डेस्टिनेशन अष्ट्रेलियाबारे जानकारी दिने उद्देश्यले एउटा सानो श्रव्य–दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो।

श्रव्य–दृश्य अवलोकन गर्दै कार्यक्रमकी मुख्य अतिथि राजदुत भोल्कले डेस्टिनेशन अष्ट्रेलिया कार्यक्रमले अस्ट्रेलियाको शैक्षिक प्रणालीकाबारे यथार्थ जानकारी दिने विश्वास गर्नुभयो। राजदुत भोल्कले अस्ट्रेलियाको शैक्षिक संस्थान र नेपालका विद्यार्थीहरुबीच डेस्टिनेशन अष्ट्रेलिया कार्यक्रमले एउटा पुलको काम गरेको र जुपिटर मिडियाको यो प्रस्तुति सम्भवतः नेपालको पहिलो भएको धारणा राख्नुभयो ।

कार्यक्रमा स्वागत मन्तव्य राख्दै जुपिटर मिडियाका अध्यक्ष प्राध्यापक राजु आचार्यले डेस्टिनेसन अस्ट्रेलिया कार्यक्रम एक उत्कृष्ट शैक्षिक कार्यक्रम बनेकोमा खुशी व्यक्त गर्दै विभिन्न शैक्षिक संस्थान र परामर्श केन्द्रको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। प्राध्यापक आचार्यले विद्यार्थीहरुको शैक्षिक र पेशागत जीवनको स्तर बढाउन यो कार्यक्रम एउटा कोशेढुंगा साबित हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक तथा सामाजिक संघ संस्थानका पदाधिकारी र प्रतिनिधिहरुले डेस्टिनेशन अष्ट्रेलिया कार्यक्रमको सफलताको शुभकामना दिंदै आगामी दिनमा पनि जुपिटर मिडियाले यस्तै शैक्षिक उपयोगी सामग्री प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन दिंदै जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले डेस्टिनेशन अष्ट्रेलिया कार्यक्रमले अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जुपिटर मिडिया संधै नेपालको शैक्षिक क्षेत्रको स्तारोन्नतीका लागि तत्पर रहेको बताउंदै निर्देशक आचार्यले आगामी दिनमा जुपिटर मिडिया अझ सशक्त रुपमा अघि बढ्ने बताउनु भयो। कार्यक्रममा विभिन्न शैक्षिक परामर्श केन्द्र र संस्थानहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);