उम्मेदवार छनोटको विषयमा विवाद हुँदा त्रिविमा विद्यार्थी नेताहरु बीच हानाहान | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

उम्मेदवार छनोटको विषयमा विवाद हुँदा त्रिविमा विद्यार्थी नेताहरु बीच हानाहान

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच त्रिभुवन विश्वविद्यालयमा झडप भएको छ ।

बिहिबार भएको झडपमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल सहित केहि नेताहरु गम्भीर घाइते भएको एक विद्यार्थी नेताले जानकारी दिए ।

चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन र इतरपक्षबीच झपड भएको बुझिएको छ ।

अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफुहरूमाथि आक्रमण गरेको भन्दै नेविसंघका नेता योगेन्द्र रावलले आक्रोश पोखेका छन् । ‘नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले कथित भाडाका गुण्डा परिचालन गरि नेविसंघ त्रिविका साथिहरु माथी आक्रमण गरेको घृणित कार्य निन्दनीय छ्र अध्यक्षको कायरता देख्दा दया लागेर आएको छ्र अध्यक्षको घृणित कार्य विरुद्ध प्रतिवादमा उत्रन आग्रह गर्दै आक्रमणबाट घाईते हुनुभएको नेविसंघ पुर्व कोषाध्यक्ष शिव रिमाल लगाएत साथीहरुलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु्र जय नेपाल!।’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply