नेविसंघमा पत्र आतंक, छानबिन गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

नेविसंघमा पत्र आतंक, छानबिन गर्ने चेतावनी

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)पछिल्लो समय विवादमा आइरहेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर सहितको मनोनित पत्र बाहिरिए पछि विवाद चुलिदै गएको हो ।

नेविसंघले केन्द्रको लेटरप्याड, छाप र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरुपयोग गरेर पत्र आतंक मच्चाएको भन्दै छानबिन गर्ने चेतावनी दिएको हो । नेविसंघको लेटरप्याड र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरुपयोग गरी बाँके, बर्दिया, रुपन्देही र कास्कीमा अध्यक्ष मनोनित गरेको पत्र बाहिर आएको छ । यसअघि त्रिविको अध्यक्षमा एकै दिन तीनजनालाई पत्र काटिएको समाचार बाहिर आएका थिए ।

मंगलबार नेविसंघका मुख्यसचिव विजय खड्काले एक विज्ञप्ती जारी गर्दै फोटोसप गरेर हस्ताक्षर र लेटरप्याड दुरुपयोग गरीएको भन्दै कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् । बाँके अध्यक्ष उपेन्द्रबहादुर विष्ट, बर्दिया अध्यक्ष असीमविक्रम शाह, रूपन्देहीमा सन्दीप पाण्डे र कास्कीमा नसिब गुरूङ आधिकारिक भएको पनि खड्काले उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);