एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाकाे उजुरी | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०७९, शुक्रबार

एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाकाे उजुरी

काठमाडौं । अखिल नेपाल फुटलब संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएका छन् । बिहीबार थापाले राखेप सदस्य सचिवलाई कार्यलयमै भेटेर उजुरी बुझाएका हुन् ।  आफूविरुद्ध विभिन्न आरोप लगाएर भ्रम सृजना गरेको भन्दै थापाले उजुरी दिएका हुन् ।

थापाले आफूविरुद्ध लगाइएको झुटा र काल्पनिक आरोपहरूको विषयमा छानबिन हुनुपर्ने र सत्य तथ्य बाहिर सार्वजनिक गर्नुपर्ने बताएका छन् । यसअघि थापाले ललितपुरको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै शेर्पाले आफूलाई लगाएको १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । त्यसलगत्तै फिफाले थापालाई चेतावनी पत्र पठाएको एन्फाले बताएको थियो । तर, थापाले भने आफूलाई चेतावनी पत्र नआएको बताउँदै आएका छन् ।

Leave a Reply