काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले आफूहरु राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताउनुभएको छ ।
जनमत पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका मन्त्री खानले शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभएको हो ।
उहाँले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने बताउनु भयो । राष्ट्रपतिमा सहमति गर्नुपर्नेमा आफूहरुको जोड रहेको उहाँको भनाई छ ।
मन्त्री खानले राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरुले आफूहरुसँग कुनै छलफल नगरेका बताउनु भयो ।