काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा बस्ने वा छाड्ने कुनै निर्णय लिन सकेन । सरकारबारे निर्णय लिन बैठक आज पनि बोलाइएको छ । पार्टीको आजको बैठक साढे ११ बजे बस्ने बुझिएको छ ।
शनिबारको बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रम नसकिएपछि आज पनि बैठक बोलाइएको पार्टीले जनाएको छ । पार्टीको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई दुई दिनको समय दिएको थियो ।
उक्त समय शनिबार सकिएपछि रास्वपाले कस्तो निर्णय गर्ला भन्ने आम मानिसको कौतुहलता थियो । तर शनिबार बसेको आकस्मिक बैठकले कुनै निर्णय गर्न सकेन ।




