काठमाडौं, १ पुस । नेपाल स्त्रीरोग तथा प्रसुति विशेषज्ञ समाज (नेसोग)को अध्यक्षमा डा सरोजा पाण्डे चयन भएकी छिन् । नेसोगको हिजो बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा डा पदम पन्तसहित १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को पटकको सभापति हुनेछन् । यसैगरी, उपाध्यक्षमा डा यम प्रसाद निर्वाचित भएका छन् ।
महासचिवमा डा सपना वैद्य, सहसचिवमा डा स्मृती मास्के, सचिवमा डा जितेन्द्र परियार, सहसचिवमा डा आस्था श्रेष्ठ, कोषाध्यक्षमा डा देवी चयन भएका छन् ।