दुधसँग भुलेर पनि यी चीज नखानुस ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

दुधसँग भुलेर पनि यी चीज नखानुस !

एजेन्सी, १ पुस । खानपानको सही ज्ञानले पनि हामीलाई स्वस्थ राख्न मद्दत गर्छ। हरेक खानेकुराको आ–आफ्नै प्रभाव हुन्छ । कुनै फलफूलमा चिसो प्रभाव हुन्छ भने केहीमा तातो प्रभाव हुन्छ ।

आयुर्वेदका अनुसार फरक प्रकृतिका चीजहरू एकसाथ खानु हुँदैन। विभिन्न प्रभावका चीजहरू सँगै खाँदा स्वास्थ्यलाई हानी हुन्छ। दूध यस्तो खानेकुरा हो, जसको प्रभाव चिसो हुन्छ, हामी यसलाई दैनिक जीवनमा धेरै प्रयोग गर्छौं। कुन चीजसँग दूध पिउनुपर्छ र कुन चीजसँग हुँदैन भन्ने कुरा थोरैलाई मात्र थाहा हुन्छ।

यदि तपाइँ दैनिक दुधको सेवन गर्नुहुन्छ भने तपाइँको लागि यो जान्नु आवश्यक छ कि यसको साथ के के खानेकुरा खानु पर्छ र कुन चीजहरुबाट टाढा रहनु पर्छ। जानौं दूध पिउने हो भने कुन खानेकुराबाट बच्न सकिन्छ ।

जंक फूड वा भुटेको चीजसँग दूध नखानुहोस

दुधमा भुटेको चीजहरू नखानुहोस्। दूधमा पाइने एनिमल प्रोटिनले भुटेको खानेकुरासँग प्रतिक्रिया गरेर स्वास्थ्यलाई हानि पु¥याउन सक्छ।

दूधसंग फलफूल नखानुहोस
यदि तपाईं दूध पिउनुहुन्छ भने फलफूल नखानुहोस्। दूधमा पाइने क्याल्सियमले फलफूलका इन्जाइमहरू अवशोषित गर्छ र तपाईंको शरीरलाई फलफूलबाट पोषण प्राप्त हुँदैन।

अण्डा, मासु, माछासंग दूध नखानुहोस
अण्डा, माछा र मासु खाँदा दूध नपिउनुहोस्। मांसाहारी खानापछि दूध पिउँदा एसिडिटीको समस्या हुन सक्छ । कतिपय अवस्थामा पेटमा जलन हुने, दुख्ने र वान्ता हुने पनि हुन सक्छ।

दूधमा दहीको प्रयोग नगर्नुहोस
दूध र दही एकसाथ खानु हुँदैन । दूध र दही सँगै खाँदा ग्यास, एसिडिटीजस्ता समस्या हुन सक्छ । दही प्रयोग गरेको २ देखि ३ घण्टापछि मात्रै दुध खानुपर्छ ।

दूध संग केरा नखानुहोस

प्रायः मानिसहरूले दूध र केरा सँगै खाने गर्छन् तर दूध र केरा सँगसँगै खानु हुँदैन। दूध र केरा सँगसँगै खाँदा पेटमा जलन हुन्छ । यससँगै शरीरमा विषाक्त पदार्थहरू बन्न थाल्छन् र शरीरमा रोगहरूले घेर्छ।

तरबूज र दूध सँगै नखानुहोस
तरबूज र दूध एकसाथ खानु शरीरका लागि हानिकारक हुन्छ । तरबूज एक्लै खानुपर्छ । तपाईं यसलाई कुनै पनि समयमा खान सक्नुहुन्छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);