चितवनमा समानुपातिकतर्फ एमाले पहिलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

चितवन, २९ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ।

आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ।

यस्तै, दोस्रो दल बनेको नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९३६ मत प्राप्त गरेको छ।

यसैगरी, तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फ ४२ हजार ८५१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४३ हजार ६२२ मत प्राप्त गरेको छ।

त्यस्तै, विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ७०७ र प्रदेशसभातर्फ नौ हजार ४५८ मत प्राप्त गरेको छ। चितवनमा पाँचौ दलको रूपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ। उसले प्रतिनिधिसभातर्फ छ हजार ७५० र प्रदेशसभातर्फ सात हजार २४४ मत प्राप्त गरेको छ।

चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए। समानुपातिकतर्फ दुई लाख ६० हजार ८३२ मत खसेको थियो भने १५ हजार ३९० मत बदर भएको छ।

क्षेत्र नं १ मा ८९ हजार ६२१ मत खसेकोमा चार हजार ९२८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७८१ मत खसेकोमा तीन हजार ८०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकोमा ६ हजार ६५५ मत बदर भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);