हरि प्रसाद भण्डारी,१८ फागुन प्यूठान । स्वास्थ्य सेवा ऐनको ९(ख) कार्यन्वयन गर्न माग गर्दै १० दिनदेखि प्यूठानका स्वास्थ्यकर्मिले जिल्लाभरका स्वास्थ्य संस्थाकोे ओपिडि सेवा सञ्चालन गर्न नदिदा सेवाग्राहि मारमा परेका छन् । जिल्ला अस्पत्तालमा सेवा लिन आएका नागरिक अस्पत्तालको ओपिडि सेवा वन्द हुदा त्यत्तिकै फर्किन वाध्य भएका छन् । सरकारी स्वास्थ्य संस्थाहरुमा आन्दोलन भएपछि निजि मेडिकलमा सेवाग्राहिको भिडभाड वढेको छ ।
अस्पत्तालमा चेकजाँच गर्न गाँउवाट झरेका नागरिक अस्पत्तालको सेवा वन्द हुदा निजि मेडिकलमा जान वाध्य भएका हुन् । जिल्लास्थित सवै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु धर्ना दिन जिल्ला अस्पत्ताल पुगेपछि गाविस स्थित सवै स्वास्थ्यसंस्थाको आकस्मिक वाहेकको सेवा ठप्प छ । उता जिल्ला स्वास्थ्य कार्यालयमा कर्मचारिले गरेको तालावन्दिले कार्यालयको नियमित काम ठप्प छ भने फेव्रुअरि आयोडिन महिना, तालिम, गोस्टि लगायतका अभियान प्रभावित भएका छन् ।
स्वास्थ्यसेवा जस्तो संवेदनसिल सेवा १० दिनसम्म ठप्प हुँदा सम्वन्धित निकायले चासो नदिएको नागरिकको गुनासो छ ।