पाँचौ पर्वत महोत्सव शुरु | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

पाँचौ पर्वत महोत्सव शुरु

गणेश गिरी, पर्वत,माघ १३
पर्वत सदरमुकाम कुस्माबजारमा बिहीबार देखि पाँचौ पर्वत महोत्सब शुरु भएको छ । पर्यटन प्रवद्र्धन मार्फत जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले प्रत्येक ३ बर्षमा आयोजना हुने उक्त महोत्सव विहिबार देखि शुरु भएको हो । आगामी माघ २२ गतेसम्म आयोजना हुने उक्त महोत्वको बिहिबार प्रधानमन्त्री

पाँचौ पर्वत महोत्सव शुरु

गणेश गिरी, पर्वत,माघ १३
पर्वत सदरमुकाम कुस्माबजारमा बिहीबार देखि पाँचौ पर्वत महोत्सब शुरु भएको छ । पर्यटन प्रवद्र्धन मार्फत जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले प्रत्येक ३ बर्षमा आयोजना हुने उक्त महोत्सव विहिबार देखि शुरु भएको हो ।

 

आगामी माघ २२ गतेसम्म आयोजना हुने उक्त महोत्वको बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । पर्यटन प्रवद्र्धनका लागि आयोजीत उक्त महोत्सले पर्वत जिल्लाका अग्ला पुलहरु, गुफा र धार्मिक महत्व बोकेका स्थलहरुको प्रचार प्रसारमा सहयोग पुराउने आयोजकले विश्वास लिएको छ । पर्वत उद्योग बाणिज्यको मुख्य आयोजनामा आयोजीत उक्त महोत्सवमा झण्ड ५ करोडको कारोबार हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा प्रायोजक, सहयोग दाता र स्टल बुकिङ्गबाट ६० लाख संकलन भैसकेको छ । महोत्सब मुल आयोजक समितिले दिएको जानकारी अनुसार अहिले सम्म स्टल बुकिङ्गबाट १५ लाख, प्रायोजक र सहयोगदाताहरुबाट समेत गरि ४५ लाख रुपैया सहयोग गर्ने आश्वासन प्राप्त भएको बताइएको छ । महोत्सबमा ३० लाखको टिकट बिक्री हुने र अन्य सहयोग गरि रु १ करोड आम्दानी हुने अनुमान आयोजकको छ ।

 

महोत्सबमा कलाकार र अन्य सबै खर्च गरि ३० लाख खर्च हुने भएकाले ७० लाख सम्म बचत गर्ने अनुमान आयोजक समितिको छ । तर महोत्सबहरुमा सोचे अनुसार कम आम्दानी हुने र खर्च बढी हुँदा बचत रकम न्युन हुँने परम्परा रहि आएको छ । पर्वत महोत्सवमा यस बर्ष अघिल्ला महोत्सब भन्दा केही पृथक आकर्षणहरु पनि थपिने भएका छन ।

महोत्सबमा हिमाल, पहाड र तराईलाई झल्काउने गरि चौरीगाई, र उँट साथै बिश्वकै सबैभन्दा ठुलो पंक्षी अस्ट्रीज पनि प्रर्दशनीमा राखिने भएको छ । महोत्सब अवधीभर कालीगण्डकीमा जलयात्रा गराउने तथा दुर्लुङ्गको डाडाँबाट प्याराग्लाईडिङ्ग गराइने महासचिब ठाकुर बि पौडेलले बताए ।

 

उनका अनुसार माटाको भाँडा र काठका ठेकी स्टलमा नै बनाउँदै पुरानो प्रबृधिको जानकारी दिइने छ भने बाँसका सामाग्री बुन्ने काम पनि स्टलमा नै हुनेछ । यसका साथै पर्वत जिल्लाका लोपोन्मुख सस्कृति पनि प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । यसबाहेका कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शनी, स्थानिय परिकारहरुको प्रर्दशनी पनि गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);