निजगढ नगरपालिका भवनमा ‘कमसल’ निर्माण सामाग्रीको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निजगढ नगरपालिका भवनमा ‘कमसल’ निर्माण सामाग्रीको प्रयोग

श्याम गुप्ता
बारा, माघ १३ ।
बाराको निजगढ नगरपालिका कार्यालयको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भएको भेटिए पछि निर्माण कार्यमा रोक लगाईएको । स्थानीय राजनैतिक दल र सरोकारवालाहरुले अनुगमन पश्चात प्राविधिक जाँच नहुँञ्जेल सम्मका लागि रोक लगाएका

निजगढ नगरपालिका भवनमा ‘कमसल’ निर्माण सामाग्रीको प्रयोग

श्याम गुप्ता
बारा, माघ १३ ।

बाराको निजगढ नगरपालिका कार्यालयको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भएको भेटिए पछि निर्माण कार्यमा रोक लगाईएको । स्थानीय राजनैतिक दल र सरोकारवालाहरुले अनुगमन पश्चात प्राविधिक जाँच नहुँञ्जेल सम्मका लागि रोक लगाएका हुँन् ।

 

भवन निर्माणमा कमसल इँट्टा , ग्राभेल , आवश्यक्ता भन्दा ठूलो आकारको गिट्टी र माटो मिसिएको बालुवा प्रयोग गरेको भन्दै उनीहरुले निर्माणमा रोक लगाएका हुँन । निजगढ नगरपालिका कार्यालयको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भईरहेको भन्दै स्थानीयवासीहरुले बिरोध जनाए पछि निर्माण कार्य रोकिएको निजगढ नगपालिकाका निमित्त प्रमुख राजेन्द्र कार्कीले बताए ।

 

भवन निर्माण स्थलमा निरीक्षण गर्न पुगेका नेपाली काँग्रेस निजगढ नगर सभापति महेशी कुमरले मापदण्ड विपरित बनिरहेको भवनको परीक्षण हुँनु पर्ने बताएका छन् । निर्माण कम्पनीले तोकिएको मापदण्ड विपरित कमसल निर्माण सामाग्री इँट्टा , बालुवा , गिट्टी , सिमेन्ट र छड प्रयोग गरिएकोले निर्माणमा रोक लगाईएको स्थानीय यूवा रविराज दंगालले बताए ।

 

नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राप्रपा , नेकपा माले , राष्ट्रिय मधेस समाजवादी पार्टीले संयुक्त विज्ञप्ती निकालेर अनियमितता ठहर गर्दै विरोध जनाएका छन् । दलहरुले घटना बारे  जिल्ला विकास समिति , अख्तियार दुरुपयोग अनुसन्धान आयोग , स्थानीय विकास मन्त्रालयमा पत्रचार गर्ने निर्णय समेत गरेका छन् ।

 

निजगढ नगरपालिका र शहरी विकास डिभिजन कार्यालयका प्रविधिकहरुले समेत उक्त निर्माण कार्य कमशल भएको नगरपालिकाको कार्यालय निजगढलाई प्रतिवेशन बुझाएको छ । भवन निर्माणको जिम्मा प्रतिष्ठा कन्ट्रक्सन काठमाण्डौंले ३ करोड ६८ लाख ४१ हजार ६ सय ७३ रुपैयाँमा लिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);