राप्रपाको राष्ट्रिय अध्यक्षमा आजबाट लोहनी, सत्ता गठबन्धनमा असर पर्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

राप्रपाको राष्ट्रिय अध्यक्षमा आजबाट लोहनी, सत्ता गठबन्धनमा असर पर्न सक्ने

संसदको चौथो ठुलो दल राप्रपाको राष्ट्रिय अध्यक्षको पद आजबाट डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्ने, लोहनीको नेतृत्वमा पार्टीको एकता महाधिवेशन हुने

राप्रपाको राष्ट्रिय अध्यक्षमा आजबाट लोहनी

काठमाडौं । संसदको चौथो ठुलो दल राप्रपाको राष्ट्रिय अध्यक्षको जिम्मेवारी आजबाट डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्दै हुनुहुन्छ ।

दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा वर्तमान राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले डा. लोहनीलाई पद हस्तान्तरण गर्दै हुनुहुन्छ ।

चक्रिय प्रणाली अनुसार नेतृत्व आलोपालो ढंगले चलाउने नीति अनुरुप पद हस्तान्तरण गर्न लागिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टीका बीचमा एकता हुँदा चक्रिय प्रणाली अनुसार नेतृत्व परिवर्तन गर्ने सहमति भएको थियो ।

तत्कालीन अध्यक्ष सुर्यबहादुर थापाले पशुपति शम्शेर राणालाई पद हस्तान्तरण गर्नुभएको थियो । पछि लोकेन्द्रबहादुर चन्दले फेरि राणालाई नै पद हस्तान्तरण गर्नुभएको थियो ।

राणाले छ महिने कार्यकाल पुरा गरि आज लोहनीलाई पद हस्तान्तरण गर्न लाग्नुभएको राप्रपाका सहमहामन्त्री राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

अब लोहनीको नेतृत्वमा राप्रपाको एकता महाधिवेशन हुने छ । सत्तामै रहेको राप्रपाका नेता लोहनी वर्तमान सरकारबाट बाहिरिनुपर्ने पक्षमा मत राख्दै आउनु भएको छ ।

Leave a Reply

ताजा समाचार