चुनाव नजिकिएसँगै बढ्यो चन्दा आतंक, व्यवसायीहरु हैरान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

मोरङ, २२ कार्तिक । चुनाव नजिकिएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंक बढ्न थालेको छ। राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको व्यवसायीहरुले गुनासो गर्न थालेको छन्।

चुनाव नजिकिएसँगै विभिन्न दलका नेता कार्यकर्ताहरुले आर्थिक सहयोगका लागि फोन गरेरै चन्दा माग्ने गरेको एक नम्बर प्रदेशको उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीले बताएका छन्। धेरै दलहरुले चन्दा मागेका छन् कसलाई दिनु कसलाई नदिनु,’ राठीले भने। राठीका अनुसार एउटै उद्योगीका विभिन्न जिल्लामा उद्योग सञ्चालित छन्। मोरङमा चन्दा लिएकै दलहरुले अन्य जिल्लामा भएका उद्योगमा पनि चुनावका लागि आर्थिक सहयोग पत्र लेखरै माग्ने गरेका हुन्।

उद्योगमा दलहरुले चुनावी सहयोगका लागि पत्र लेखेरै उद्योगमा पठाउने गरेका कारण उद्योगी तनावमा छन्। त्यतिमात्र होइन टंकी सिनवारीमा रहेको भगवती कार्पेटका व्यवस्थापक उमेश सिग्देलका अनुसार कहिले कुन पार्टीको जिल्ला सम्मेलन, कहिले कुन पार्टीको राष्ट्रिय सम्मेलन, कहिले कहाँको धार्मिक महोत्सव, कहिले कुन पार्टीको आन्दोलनका लागि आर्थिक सहयोग मागेरै पत्र आउने गरेको छ।