बागी विरुद्ध काँग्रेसको कारवाही, को को परे? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी, २२ कार्तिक। नेपाली काँग्रेस रुपन्देहीले बागी उम्मेदवारी दिएका नेतालाई पार्टीको सदस्य समेत नरहने गरि निष्काशन गरेको छ।

आफ्नै पार्टी विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एक प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित कांग्रेसले १८ जना समर्थकहरुलाई निष्कासन गरेको हो।

रुपन्देही क्षेत्र नं १ को २ बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका नेता कृष्णप्रसाद पौडेल उनका प्रस्तावक खुमलाल गौतम र समर्थक नीमबहादुर थापालाई पार्टीबाट निष्काशन गरेको हो।

्रत्यस्तै क्षेत्र नं ३ को १ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, क्षेत्र नं ३ को २ बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस बिपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल र उनीहरुका समर्थक र प्रस्तावकलाई पार्टीले कारवाही गरेको हो।

त्यस्तैगरी रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका अमृतलाल भट्टराई क्षेत्र नं ४ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि वीरेन्द्र कलवार, क्षेत्र नं ५ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि अमेरिका कोहार पार्टीबाट निष्काशन भएका हुन्।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);