महानगरपालिकाका दुई कर्मचारी आचारसंहिता उल्लंघन गर्दै श्रीलंका भ्रमण | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

काठमाडौँ, २२ कार्तिक । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै ललितपुर महानगरपालिकाका दुई अधिकारीहरु विदेश भ्रमणमा गएका छन् । महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहाल र नक्सा महाशाखा प्रमुख रूद्रप्रसाद गौतम श्रीलंका गएका हुन् ।

उनीहरु निर्वाचन आयोगको स्वीकृती विना नै श्रीलंका भ्रमणमा गएका हुन्। निर्वाचन समयअवधीमा आचारसंहिता लागु भइसकेपछि सरकारी कर्मचारी विदेश भ्रमणमा जाँदा निर्वाचन आयोगको स्वीकृती लिनुपर्ने नियम रहेको छ।

उनीहरु १८ हजार लिएर ५ दिन बिदा मनाउनेगरि गएको महानगरले जनाएको छ। कार्यकारी अधिकृत दाहालले निमित्त कार्यबाहक पनि कसैलाई नतोकेको कारण सेवाग्राहीहरु मर्कामा परेका छन्।

ताजा समाचार