१३ लाख ७० हजार मतदाता थपिए, कुन प्रदेशमा कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

१३ लाख ७० हजार मतदाता थपिए, कुन प्रदेशमा कति ?

nirbachan aayog

काठमाण्डौँ, २२ कार्तिक । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि १३ लाख मतदात थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि १३ लाख ७० हजार २ सय ४९ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या १ करोड ४० लाख ५४ हजार ४ सय ८२ थियो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले भदौ ५ गतेसम्म मतदाता नामावली अध्यावधि गर्दा १३ लाख ७० हजार २ सय ४९ मतदाता थप भएका हुन्।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ५४ लाख २४ हजार ७ सय ३१ कायम भएको निर्वाचन आयोगले जनाएको छ।

पछिल्लो समय सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन्। मोरङमा स्थानीय तहमा ५ लाख ५३ हजार ८ सय ७० मतदाता रहेका थिए। प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ८० हजार ९ सय १५ मतदाता थपिएका छन्। मोरङमा मतदाताको संख्या ६ लाख ४४ हजार ७ सय ८५ कायम भएको छ।

सबैभन्दा कम मतदाता मुस्ताङमा थपिएका छन्। स्थानीय तहको निर्वाचनका लागि नामावली अध्यावधिक गर्दा मुस्ताङमा ८ हजार २ सय ६३ मतदाता थिए। त्यसमा १ हजार १ सय ६४ मतदाता थप भई मुस्ताङमा मतदाताको संख्या ९ हजार ४ सय २७ पुगेको छ।

स्वीकृत भएको मतदाता नामावली अनुसार, प्रदेश १ मा सबैभन्दा बढी २९ लाख ९३ हजार ६६९ मतदाता छन् ।

प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८ मतदाता छन्।

प्रदेश ६ मा सबैभन्दा कम ८ लाख ४६ हजार ९३३ छन्। प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

जिल्लागत हिसाबमा सबैभन्दा बढी मतदाता मोरङमा ६ लाख ४४ हजार ७ सय ८५ छन् भने मनाङमा सबैभन्दा कम ५ हजार ८ सय ८० मतदाता छन्।

सरकारले भदौ ५ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको थियो। मतदाता नामावली ऐन ०७३ को प्रावधान अनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली अद्यावधिक गर्न पाइँदैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);