ट्याक्सी भित्र मृत फेला परेका व्यक्तिको परिचय खुल्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

काठमाडौँ, २२ कार्तिक। भक्तपुर मनोहरा खोला नजिक ट्याक्सी भित्र मृत फेला परेका व्यक्तिको परिचय खुलेको छ।

मृतक सर्लाही घुर्कयौली घर भइ हाल ललितपुरको कुुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्का रहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ। उनी सोही ट्याक्सीका चालक भएको खुलेको छ।

दिव्यश्वरी प्लानिङको खाली जग्गामा बुधबार बिहान बा १ ज १०४० नम्बरको रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा रातो ज्याकेट लगाएको व्यक्ति मृत अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

उनको टाउकोमा गहिरो घाउ भेटिएको कारण हत्या भएको हुन सक्ने अनुमान लगाइएको छ ।