मतदाता कहाँ कति: मोरङमा बढी, सबभन्दा कम कहाँ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मतदाता कहाँ कति: मोरङमा बढी, सबभन्दा कम कहाँ ?

काठमाडौं, २० कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६ निर्वाचन क्षेत्र रहेको मोरङमा सबैभन्दा बढी मतदाता छन् ।  निर्वाचन क्षेत्रका हिसाबले १० वटा क्षेत्र रहेको काठमाडौँभन्दा मोरङमा ४१ हजार ३११ मतदाता बढी छन् ।

सबैभन्दा कम मतदाता मनाङमा छन् ।  यसपटक निर्वाचन आयोगले मताधिकार प्राप्त एक करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली तयार पारिसकेको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार मोरङमा ६ लाख ४४ हजार ७८३ मतदाता छन् ।  मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् ।  सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा ६ लाख तीन हजार ४७२ मतदाता छन् ।

काठमाडौँमा दस निर्वाचन क्षेत्र छन् ।  तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख २८ हजार ३३९ मतादाता छन् ।  दुई लाख ३३ हजार ५०५ मतादाता रहेको धादिङमा दुई निर्वाचन क्षेत्र छन् ।

भक्तपुरमा एक लाख ७८ हजार ९९ मतदाता छन् ।    झापामा चार लाख पाँच हजार २३६ मतदाता छन् ।  सुनसरीमा चार लाख ७४ हजार ३०८ मतदाता छन् ।  झापामा पाँच र सुनसरीमा चार निर्वाचन क्षेत्र छन् ।  तीन लाख ५४ हजार ४० मतदाता रहेको चितवनमा तीन निर्वाचन क्षेत्र छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा पाँच लाख २२ हजार ६०२ मतदाता छन् ।  प्रदेश २ का सबै जिल्लामा चार÷चारवटा निर्वाचन क्षेत्र छन् ।  जहाँ धनुषामा सबैभन्दा बढी मतदाता छन् ।  धनुषामा चार लाख चार हजार ६७४ मतदाता छन् ।  आठ जिल्लामध्ये सबैभन्दा कम मतदाता पर्सामा दुई लाख ८९ हजार ५४ छन् ।  यो खबर आजकोगोरखापत्रमा छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);