हेलिकप्टर चार्टर गरेर हत्यारालाई सदरमुकाम ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गोरखा, २२ कार्तिक। गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकका हत्या आरोपी चारजनालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको छ ।

गत कार्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई धारिलो हतियार प्रहार गरेर हत्या गर्ने चार जना आरोपित फरार थिए। उनको घटनास्थलमा नै मृत्यु भएको थियो।

प्रहरीले १८ वर्षीय तेन्जिङ् रिङ्जिङग लामा, २६ वर्षीय छेराङ रिङ्जिङग लामा, १९ वर्षीय सोनाम ग्याल्जिङ लामा, २२ वर्षीय सोनाम ग्याल्जिङ लामालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको हो भने मुख्य योजनाकार छेताक ग्याल्जिन लामा फरार छन्।

हेलिकप्टरको भाडा भने सरकारले बेहोर्ने र फरारको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थल गोरखा सदरमुकामबाट चारदिन पैदल दूरीमा पर्ने भएकाले हेलिकोप्टरबाट आरोपी ल्याउनुपरेको हो । आरोपितहरुमाथि थप अनुसन्धान भइरहेको छ । कुन्साङको शवलाई परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);