काठमाडाैं । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।
पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपाल र पीएनजी बीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।
डे नाइट अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह सवा चार सुरु हुनेछ । नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो ।
सिरिजमा नेपाल १–० ले अघि रहेको छ । नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा छ भने पीएनजी पनि नेपाललाई हराएर सिरिज बराबरी गर्न चाहन्छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।