महोत्तरीका विद्यालय धमाधम खुल्न थाले | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

महोत्तरीका विद्यालय धमाधम खुल्न थाले

महोत्तरी महोत्तरीका विद्यालय धमाधम खुल्न थालेका छन् ।कोभिड(१९ माहामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा पठनपाठन सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि महोत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएको हो ।

संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको हो । स्थानीय सरकारले जोखिमको आँकलन गरेर विद्यालय सञ्चालन गर्न सक्छन्, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।

टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक अम्बर विक झन्डै ९० प्रतिशत विद्यार्थी राखेर पठनपाठन थालिएको बताए ।

Leave a Reply

ताजा समाचार