वाम गठबन्धनलाई 'फलामको चिउरा' बनेका यी ५ जिल्ला | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

वाम गठबन्धनलाई ‘फलामको चिउरा’ बनेका यी ५ जिल्ला

CPN-UML

काठमाण्डौँ, १२ कार्तिक । नेकपा एमाले-माओवादीको वाम गठबन्धनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ७२ जिल्लाको उम्मेदवारी टुङ्ग्याएका छन् । बाँकी रहेको ५ जिल्लामा भने सहमति जुटाउन वाम गठबन्धनलाई हम्मे हम्मे परको छ ।

दुवै पार्टीका नेताहरुको समान दाबीका कारण सल्यान, चितवन, झापा, उदयपुर र सुनसरी जिल्लामा टिकट टुंगो लगाउन कठिन भएको हो ।

झापा
झापाका पाँचवटै क्षेत्रमा नेकपा एमालेले दावी रहेको छ । यता माओवादीले नेता राम कार्कीका लागि छुट्टयाउन आग्रह गरिरहेको छ।

सुनसरी
वामपन्थीहरुको वलियो पकड रहेको सुनसरी क्षेत्र नं १ मा एमाले र माओवादी केन्द्र दुवैले दावी गरेपछि सहमति जुट्न नसकेको हो। एमाले सुनसरीका पाँच वटै सिट दावी गरिरहेको छ।

उदयपुर
झापा नपाउने स्थिति बनेमा नेता राम कार्कीलाई उदयपुरबाट उठाउने माओवादी केन्द्रको तयारी रहेको बुझिएको छ । तर उदयपुरमा पनि एमालेले आफ्नो दावी कायम राखेको छ।

चितवन
चितवन–२ मा बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई प्रतिस्पर्धा गराउने माओवादी केन्द्रको तयारी छ । एमाले जिल्ला अध्यक्ष समेत रहेका कृष्णभक्त पोखरेलपनि सोही क्षेत्रमा प्रतिस्पर्धा गर्ने मनसायमा छन् ।

सल्यान
एउटामात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा एमाले र माओवादीका दुई नेताले सशक्त रुपमा आफ्नो उम्मेदवारी दावी गरेका कारण वाम गठबन्धनलाई सकस परेको छ ।
एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र माओवादी केन्द्रका टेकबहादुर बस्नेत दुवैले सल्यानमा आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।