आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान अमेरिकाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थल क्षेत्रमा नजान आग्रह गरेको छ ।

इस्लामिक स्टेट आइएसको अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान भनेको हो ।

अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको समेत बताएको छ । साथै अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन आग्रह गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अहिलेसम्म सार्वजनिक रुपमा कतैबाट आक्रमणको चेतावनी नआए पनि अमेरिकाले संभावित खतराप्रति सचेत गराएको विश्लेषण गरिएको छ । तालिवानको त्रासले अफगानिस्तान छाड्न चाहनेदेखि त्यहाँको पूर्ववर्ती सरकारसंग काम गरेका तथा नेटो गठबन्धनलाई सघाएका मानिसहरुको भीड विमानस्थल बढेको छ ।

शनिबार विमानस्थल बाहिर उर्लेको भीडलाई अहिलेसम्मकै खराब दिन भनिएको छ । २ हजार ५ सय अमेरिकीसहित अहिलेसम्म १७ हजार जनालाई अफगानिस्तान बाहिर पुर्याइएको पनि अमेरिकी भनाइ छ । यस्तै स्वीस विदेश मन्त्रालयले पनि पछिल्ला घण्टाहरुमा काबुल विमानस्थलको सुरक्षा अवस्था विग्रिएको बताएको छ ।

तालिवानले काबुलमा कब्जा जमाए पनि काबुल विमानस्थल अहिलेसम्म अमेरिकी फौजको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);