काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले दल विभाजन सम्बन्धी अध्यादेश व्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षडयन्त्र भएको बताएका छन् ।
भट्टराईले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेनु बताएका छन् । उनले यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुने बताएका छन् ।
‘राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ ।’
नेता भट्टराईले विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेतृत्वको घोर असफलता भएको बताएका छन् । उनले प्रधानमन्त्री देउवाले अध्यादेश विनासर्त फिर्ता लिनुपर्ने पनि बताएका छन् ।
‘बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर ब. देउवाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ । ‘