भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ९२७ संक्रमित, ४९३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ९२७ संक्रमित, ४९३ को मृत्यु

जेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ९ सय २७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १९ लाख २३ हजार ८ सय ६३ कोरोना परीक्षणमध्ये ३७ हजार ९ सय २७ मा संक्रमण पुष्टि भएको छ ।
यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या तीन करोड २१ लाख ९२ हजार ५ सय ७६पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका चार सय ९३ सहित भारतमा कोरोनाका कारण चार लाख ३१ हजार २ सय २५ ले ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३७ हजार ९ सय २७ सहित भारतमा कुल तीन करोड १३ लाख ७६ हजार १५ संक्रमणमुक्त भईसकेका छन् ।
भारतमा हाल तीन लाख ८५ हजार ३ सय ३६ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म ५४ करोड ३८ लाख ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);