लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आह्वान

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेको प्रदेशसभाको सचिवालयले शुक्रबार जानकारी गराएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानका धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

यही अधिवेशनमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वास मत लिने तयारी गरिएको बताइएको छ । केसी साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);