लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, सपथ ग्रहण आजै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, सपथ ग्रहण आजै

बिमल क्षेत्री,

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन् । चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थन सहित गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका थिए ।

अल्पमतमा परेपछि नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए ।

गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८,जसपाका ३ र जनमोर्चाका १ र स्वतन्त्र एक जना गरी ४२ जना सांसद रहेका छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् । गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका सांसद अजय शाही समेत मिसिएका छन् ।

गठबन्धनले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदै छ । आजै अपरान्ह साढे ४ बजे सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);