२४ घण्टामा ३६ सय ११ जना संक्रमित, १८ सय १६ संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

२४ घण्टामा ३६ सय ११ जना संक्रमित, १८ सय १६ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ७ सय ८३ पीसीआर परीक्षणबाट २ हजार ४ सय ६७ संक्रमित र ४ हजार ८ सय ८७ एन्टिजेन परीक्षणबाट एक हजार १ सय ४४ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी १ हजार ८ सय १६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २७ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ८ सय ३४ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply